विश्वभर काेराेनाबाट मृत्यु हुनेकाे संख्या १६ लाख नाघ्याे
विश्वमा कोरोनाभाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या १६ लाख नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शनिबार बिहानसम्म काेराेनाभाइरसका कारण मृत्यु हुनेकाे संख्या १६ लाख २ सय पुगेकाे छ ।
विश्वमा कोरोनाबाट संक्रमित हुनेकाे संख्या भने ७ कराेड १३ लाख ९८ हजार ९९९ पुगेकाे छ । कुल सङ्क्रमितमध्ये ४ कराेड ९५ हजार ८५ बढी उपचारपछि घर फर्किएका छन् । पछिल्लाे २४ घण्टामा मात्रै विश्वभर ६ लाख ८१ हजार बढी नयाँ संक्रमित भेटिएका छन् भने १२ हजार १ सय २३ जनाकाे मृत्यु भएकाे छ । त्यस्तै ४ लाख ४५ हजार डिस्चार्ज भएका छन् ।