७ सय ३६ संक्रमित थपिए
मुलुकमा थप ७ सय ३६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ५५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ७ सय ३६ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ ।