मुलुकमा १ हजार ४४ संक्रमित थपिए
मुलुकमा थप १ हजार ४४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ४ सय १४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ४४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ ।
यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५ सय ४१ जना संक्रमित फेला परेका छन् । जसमा २ सय ३६ महिला र पुरुष ३ सय ५ रहेका छन् ।
योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख १६ हजार १ सय ५२ पुगेको छ । योसंगै काठमाडौंमा संक्रमितको कुल संख्या ९२ हजार ३ सय ७ जना, ललितपुरमा १४ हजार २ सय ४८, भक्तपुरमा ८ हजार ३ सय ९५ पुगेको छ ।
कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार २ जना ७१ निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार २ सय ७१ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ३२ हजार ८ सय ७२ पुगेको छ ।
त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १२ हजार १ सय ४८ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५ सय १९ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ४ सय १४ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १८ लाख २० हजार ६ सय १८ जनाको पीसीआर परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ७४ पुगेको छ ।