कोराना भाइरसको सक्रिय संक्रमितको र संक्रमणबाट मृत्यु हुनेको संख्यामा कमि
काठमाडौँ / नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो विवरण अनुसार हाल नेपालमा ७ हजार ७२९ सक्रिय संक्रमितहरु रहेका छन् ।
त्यस्तै, नेपालमा बितेको २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको आँकडा छ । यससँगै नेपालमा कोरोना भाइरसबाट हालसम्म मृत्यु हुनेको संख्या एक हजार ७९८ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ७२२ जनामा कोरोना भाइरस पुष्टी भएको छ । योसँगै हालसम्म कोरोना पुष्टी हुनेको कूल संख्या २ लाख ५५ हजार २३६ पुगेको छ । २४ घण्टाको अवधिमा ९६६ संक्रमित निको भएका छन् । योसँगै निको हुनेको कूल संख्या २ लाख ४५ हजार ७०९ जना पुगेको मन्त्रालयले जनाएको छ ।