सुनचाँदीको मूल्य
नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९२ हजार १५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच सोमबार अघिल्लो दिनको तुलनामा चाँदी तोलामा रु ५ घटेर तोलामा १२०५ रुपैयाँमा कारोबार भएको छ ।