कोरोनाका कारण पोखरामा एकको निधन
कोरोना संक्रमणका कारण पोखरामा एक जनाको निधन भएको छ ।
पोखरा महानगरपालिका ५ घर भएकी ५९ वर्षकी एक महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्र्तगत कोभिड १९ उपचार केन्द्रको आईसियुमा उपचारको क्रममा सोमवार राति ११ बजे निधन भएको हो ।
कोरोना पुष्टि भएसगै ति महिला १४ कात्तिकमा कोभिड उपचार केन्द्रको आईसियुमा उपचारका लागि भर्ना भएकी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्मिाञ्चल क्षेत्रिय अस्पाललका निर्देशक डा अर्जुन आर्चायले जानकारी दिए ।
योसँगै यस केन्द्रमा उपचारका क्रममा मृत्यु हुनेको संख्या २६ पुगेको छ । भने गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ८१ पुगेको छ ।
गण्डकीका ११ जिल्लामध्ये कास्कीका ३०, गोरखाका आठ, तनहुँका ११, स्याङजाका ६, पर्वतका एक, नवलपुरका १७, बाग्लुङका पाँच, लम्जुङका एक, म्याग्दीका दुई र मुस्ताङका एक जना रहेका छन् ।