रौतहटका एसपी शाहलाई कोरोना संक्रमण
रौतहटका प्रहरी उपरीक्षक एसपी सिद्विबिक्रम शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ।
रुघाखोकीसँगै ज्वरो आएपछि पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको एसपी शाहले सेबताए। कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएदेखि नै उनी होम आइसोलेशनमा छन्
'रुघाखोकीजस्ता लक्षण देखिएकाले पिसिआर परीक्षण गराएको थिएँ। रिपोर्ट पोजेटिभ आयो,’ उनले भने, ‘होम आइसोलेसन बसेको छु।’ प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रौतहटमा अहिलेसम्म २१२१ जना कोरोना पोजेटिभ रहेका छन्।