सडकमा रहेको गाई बचाउन खोज्दा भारतमा तीन जना महिलाको मृत्यु
सडकमा छाडा छाडिएको गाईलाई बचाउन खोज्दा भारतमा ३ जना महिलाको मृत्यु भएको छ ।
घटनामा अर्की एक महिला घाइते भएकी छन् ।
सो दुर्घटना शनिबार मध्यप्रदेश राज्यको राजधानी भोपालबाट २ सय १४ किलोमिटर परको गुना जिल्लामा भएको प्रहरीले जनाएको छ । तक तीनै जना राजधानी दिल्लीका बासिन्दा हुन्। गाडीमा सवार चारै जना साथी भएको र उनीहरू ओमकारेश्वर मन्दिरको दर्शन गरेर दिल्ली फर्कदै थिए ।
घटनामा बाँच्न सफल बिन्दु शर्माले प्रहरीलाई बाटोमा गाई देखेपछि ब्रेक हान्दा गाडी अनियन्त्रित भइ डिभाइडरमा ठोक्किएर सडकमा पल्टिएको बयान दिएकी छन्।