विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु
नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचाररत् एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरूषको उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनका नारायण दाहालले जानकारी दिए । मृतकलाई स्वास्थ्यमा समस्या भएपछि आइतबार उपचारका लागि अस्पतालमा ल्याइएको थियो। ती पुरूषले केही वर्षदेखि मिर्गाैलाको नियमित डाइलोसिस गराउँदै आएका थिए ।
प्रदेश नं १ मा कोरोना सङ्क्रमितको मृत्युको सङ्ख्या अहिलेसम्म १०३ पुगेको छ।