उपत्यकामा २६७२ जना कोरोना संक्रमित
काठमाडौं उपत्यकामा थप २६७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २१००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ जनालाई संक्रमण पुष्टि भएको हो।
उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।