भरतपुर अस्पतालमा उपचाररत् कोरोना संक्रमित पुरुषको मृत्यु
भरतपुर अस्पतालमा उपचाररत् कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका-१ बस्ने ४७ वर्षीय पुरुषको शनिबार साँझ उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । शुक्रबार ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। शुक्रबार नै उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो।
स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि कोभिड आइसीयूमा उपचार हुँदैगर्दा कोभिड निमोनियाका कारण उनको मृत्यु भएको पौडेलले बताए।
अहिलेसम्म कोरोना संक्रमणबाट चितवनका ३१ जनाको मृत्यु भएको छ।