चितवनमा थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
चितवनमा थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालको कोभिड-१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका ६ वर्षीय बालक सहित थप ६२ जनामा कोरोना देखिएको हो । कोरोना देखिएका मध्ये ५७ जना चितवनका रहेका छन् । बाँकी पाँच जनामध्ये नवलपरासीका एक महिला र एक पुरूष, जाजरकोट हुम्ला र मोरङका एकरएक जना पुरूष रहेको अस्पताल प्रशासनले जनाएको छ ।
भरतपुर अस्पतालले मंगलबार बेलुका सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका २७ पुरूष र १६ महिलामा संक्रमण पुष्टि भएको छ ।