बिपी प्रतिष्ठानमा कोरोना संक्रमित वृद्धको मृत्यु
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रतिष्ठानका अनुसार धरान-२ का ८९ वर्षीय वृद्धको आइतबार राति ११ बजे उपचारका क्रममा मृत्यु भएको हो । उनी उच्च रक्तचापका विरामी पनि थिए।