पोखरामा कोरोनाबाट थप एकको निधन
पोखरामा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका–१६ का ८३ वर्षीय पुरुषको उपचारका क्रममा ज्यान गएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ ।
गत १३ असोजमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । ज्यान गुमाउने पुरुष हाइपरटेन्सन, डाइबिटिज्, तथा मृगौलाको रोगबाट ग्रसित रहेका पोखरा स्वास्थय विज्ञान प्रतिष्ठान का निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।
यस्तै आज पोखराका पाँचसहित गण्डकी प्रदेशमा थप ४६ जनामा कोरोनो संक्रमण देखिएको छ । नयाँ थपिएका संक्रमितमध्ये नवपुरका २७, बागलुङका १२ लमजुङ र तनहुँका एक÷एक जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जारी दिए ।
अहिलेसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार चार सय ४७ पुगेको छ ।