धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु
(काठमाडौं) सुनसरीको धरानमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका -७ की ६३ वर्षीय महिलाको बिहीबार बिहान सवा ११ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
यही असोज २१ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा भर्ना भए उनलाई २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
मृतक महिला निमोनिया र हृदय रोगको बिरामी थिइन् ।