कोरोनाबाट भैरहवामा एकको मृत्यु
(भैरहवा) कोरोनाबाट बिहीबार भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा एक व्यक्तिको मृत्यु भएको छ ।
अस्पतालका सूचना अधिकारी सुशिल गुरुङका अनुसार सिद्धार्थनगर नपा–१ बेलहिया निवासी ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।
फोक्सोमा निमोनियाबाट पीडित ती पुरुष कोरोना संक्रमणका कारण गम्भीर अवस्थामा गत सोमबार अस्पतालमा भर्ना भएका थिए । गुरुङका अनुसार युनिभर्सल शिक्षण अस्पतालमा हाल ९ जना कोरोना संक्रमित बिरामी उपचारार्थ छन् । जसमध्ये, ६ जना आईसीयूमा, २ जना भेन्टिलेटरमा र १ जना आइसोलेसनमा छन् ।