गोरखामा डा.बाबुराम भट्टराईले समाजिक दुरीको धज्जी उडाउदै पार्टी प्रवेश गराए
(काठमाडौँ) जनता समाजवादिका बरिष्ठ नेता डा.बाबुराम भट्टराईले नेपालमा फैलिदै गइरहेको कोरोना संक्रमणको धज्जी उडाउदै गोरखामा पार्टी प्रवेश कार्यक्रम गरेका छन् ।
कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले बनाएको नियम उलङ्घन गर्दै सयौँ कार्यकर्ता जम्मा पारेर विना मास्क र कुनै सामाजिक दुरी नै नराखी गोरखा पालुङटारमा पार्टी प्रवेश कार्यक्रम राखेका गण्डकी प्रदेश नेकपाका नेता हरी काफ्लेले बताए ।
बाबुराम भट्टराई जस्तो प्रधानमन्त्री भइसकेको व्यक्तीले पनि राज्यले बनाएको नियम उलङ्घन गर्नु दु:खद भएको पनि उनले बताएका छन् ।
भट्टराइकै कारणले गर्दा गोरखा, पालुङटारमा कोरोना संक्रमण फैलने त्रास बढेको र यसको जिम्मेवारी पनि भट्टराई आफैँले लिनुपर्ने नेता काफ्लेले बताएका छन् ।
स्थानिय जनतालाई विभिन्न किसिमका झुटा आश्वासन बाँडेर पार्टी प्रवेश गराएको र सस्तो लोकप्रियता हासिल गर्न बुढी गन्डकी जलविद्युत आयोजनामा नौ अर्ब भ्रष्टचार भएको भनि प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल र शेरबाहादर देउवालाई आरोप लगाएका छन् ।