आईपीएलमा आज पञ्जाब र हैदराबाद खेल्दै
इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज किङ्स इलावेन पञ्जाब र सनराइजर्स हैदराबाद खेल्दै छन् । पञ्जाब र हैदराबादबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुँदै छ ।
जारी सिजनमा पञ्जाबले पाँच म्याच खेल्दा एक खेलमा मात्र जित हासिल गरेको छ । हैदराबादले भने पाँचमध्ये दुई खेलमा जित हात पारेको छ ।
आईपीएल इतिहासमा पञ्जाब र हैदराबादबीच १४ पटक भेट भएको छ । जसमा हैदराबाद १० खेलमा विजयी भएको छ ।
यो संस्करणको आईपीएलमा हैदराबादमा डेविड वार्नर र पञ्जाबमा केएल राहुल कप्तान छन् ।
हैदराबालमा वार्नरसहित राशिद खान, केन विलियम्सन, जोनि बेयरिस्टो, मोहम्मद नाबी, मनीष पाण्डे, जियय शंकरजस्ता नाम चलेका खेलाडी छन् ।
यता पञ्जाबमा केएलसँगै मयंक अग्रवाल, ग्लेन म्याक्सवेल, क्रिस गेल, सेल्डेन कोट्रेल, मुजीबउर रहमान, क्रिस जोर्डन, जिमी नीशम, निकोलश पूरन, मोहम्मद शामी जस्ता स्टार क्रिकेटर छन् ।