धरानमा होम-आइसोलेसनमा बसेका वृद्धको मृत्यु
धरान उपमहानगरपालिका वडा नं १५ मा होम आइसोलेसनमा बसेका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
करिब ७० वर्षीय उनको आज बिहान घरमा नै मृत्यु भएको हो। उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बेलायत जानका लागि एक साताअघि बिपी प्रतिष्ठानमा शुल्क तिरेर पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको जानकारी दिए।
करिब ७० वर्षीय उनको आज बिहान घरमा नै मृत्यु भएको हो।
उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बेलायत जानका लागि एक साताअघि बिपी प्रतिष्ठानमा शुल्क तिरेर पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको जानकारी दिए।