ललितपुरमा कोरोना संक्रमित महिलाको मृत्यु
(काठमाडौं) ललितपुरमा कोरोना संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ ।ललितपुरस्थित किस्ट अस्पतालमा उपचारको क्रममा बालाजुकी ६९ वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि उनी असोज १७ गते राति अस्पतालमा भर्ना भएकी थिइन् ।