कोरोनाबाट पोखरामा ७८ वर्षीय पुरुषको मृत्यु
(पोखरा) कोभिड–१९ संक्रमित पोखरा–८ का ७८ वर्षीय वृद्धको शुक्रबार निधन भएको छ । पोखराकै चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनी विगत ३ दिनदेखि ज्वरो, रुघाखोकी र झाडापखालाको बिरामी थिए ।
यससँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।