ट्याक्टरको ठक्करबाट एकको मृत्यु
पूर्वी नवलपरासीको कावासोती ४ हसौरामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
भित्री सडकखण्ड अन्तर्गत हसौराबाट जुकेपानी जाँदै गरेको लु ४ त १२८४ नम्बरको ट्याक्टरको ठक्करबाट हसौराका २३ वर्षीय खिमबहादुर सारु मगरको मृत्यु भएको हो ।
ठक्करबाट गम्भिर घाइते सारु मगरको गएराति नयाँ मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । ट्याक्टर र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।