निषेधाज्ञा खुकुलो भएपछिको काठमाडौं (तस्बिरहरू)
निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीसाधन चल्न थालेका छन्।
काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको थियो। निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकामा सवारीसाधनको चाप बढेको छ।
प्रशासनले निजी तथा सार्वजनिक सवारीसाधनमा जोर-विजोर प्रणाली लागू गर्दै निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरेको हो।
प्रशासनले भदौ ४ गते देखि उपत्यकामा निषेधाज्ञा लगाएको थियो। सार्वजनिक यातायातको हकमा भने ट्याक्सी तथा १६ सिट क्षमताभन्दा माथिका सवारीसाधन मात्रै चल्न दिएको छ। तर माइक्रो बस, टेम्पो चलाउने प्रशासनले रोक लगाएको छ।