ओबामालगायत सेलिब्रेटीको ट्विटर १७ वर्षीय किशोरले ह्याक गरेका थिए
जुलाई १५ मा पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामा, डेमोक्र्याटिक पार्टीका राष्ट्रपति उम्मेद्वार जो बाइडन, टेस्ला कम्पनीका मालिक एलन मस्कलगायत दर्जन बढी अमेरिकी सेलिब्रेटी व्यक्तिका ट्विटर अकाउन्ट ह्याक भए।
उनीहरू सबैका अकाउन्टमा ह्याक गरेपछि ‘तपाईंहरू बिटक्वाइन पठाउनुस् र बदलामा डबल पाउनुस्’ भनेर ट्विट गरिएको थियो।
देश शीर्ष राजनीतिज्ञ, धनाढ्य र कला क्षेत्रका एकसे एक सेलिब्रेटीका ट्विटर ह्याक भएपछि यो घटनाले तरंग ल्याएको थियो। कसले ह्याक गर्दैछ भन्ने कुरा कसैले पत्ता लगाउन सकिरहेका थिएनन्। ट्विटरका सञ्चालकहरू हैरान थिए। ह्याकर पत्ता लगाउन नसकेपछि ट्वीटर ती सेलिब्रेटीका अकाउन्टबाट नयाँ ट्विट गर्न नमिल्ने बनाएको थियो। कतिपयले उक्त ह्याकिङमा रूस, इरान र उत्तर कोरियाका व्यवसायिक ह्याकर संलग्न भएको हुन सक्ने आशंका गरेका थिए।
अनुसन्धानको क्रममा अधिकारीहरूले कुनै राज्यद्वारा प्रवर्द्धित नभई अमेरिका र बेलायतका भर्खरका युवाहरूले उक्त ह्याक गरेको फेला पारेका छन्।

क्लार्कविरूद्ध ह्याकसम्बन्धी ३० वटा जघन्य अपराधका अभियोग लगाइएको छ। जसमा ठगीको समेत मुद्दा छ। किशोर भए पनि जघन्य अपराधमा संलग्न भएकाले उनीविरूद्ध वयस्कलाई जसरी नै मुद्दा चलाइने छ।
क्लार्क ट्विटरको नेटवर्क भित्र थाहा नहुने गरी जान सक्ने सिपालू व्यक्ति भएको फ्लोरिडाका स्टेट अटर्नीका वकिल एन्ड्रिउ वारेनले बताए। उनीहरूले चलाखी पूर्ण तरिकाले ह्याक गरेपनि आफ्नो पहिचानबारे भने लुकाउन सकेनन्। जसकारण उनीहरूलाई पक्राउ गर्न अधिकारीहरू सफल भए।