१५ किलो नक्कली सुन प्रकरणमा फरार इल्ताफ हुसेन अन्सारी पक्राउ
१५ किलो नक्कली सुन फ्याँकेर भागेका इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन्।
साउन १३ गते कमलादीबाट बा.६च ५५१९ नम्बरको स्कोर्पियोबाट सुन फ्याँकेर भागेका अन्सारी बाराबाट पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय पर्साले बिहीबार पक्राउ गरेको स्रोतले जानकारी दिए। उक्त स्कोर्पियो अन्सारीको थियो। उनलाई काठमाडौं ल्याइदै छ।
त्यसदिन यता महानगरीय प्रहरी परिसर र अपराध महाशाखाले उनलाई खोजी गरिरहेको थियो। फ्याकेर भागेको भनिएको सुन पनि पछि सुन्धारामा प्रहरीलाई बुझाएको पाइएको थियो।
यस घटनामा संलग्न अन्य प्रहरी जवान प्रशन्न श्रेष्ठ, बहादुरसिंह कडायत, कौशल पटेल, देवानसिंह पटेल, विजय पटेल ,निलेश साखिया, कालिगढ मनिष मल्लिक र उमेश श्रेष्ठ प्रहरी हिरासतमा छन्। प्रहरीले यसअघि ट्याक्सी ड्राइभरलाई पनि नियन्त्रणमा लिएको थियो। तर पछि उनको दोष नदेखिएपछि प्रहरीले छोडेको थियो।
अन्सारी पहिले पनि जाली नोट कारोबार गरेको आरोपमा पक्राउ परेका थिए।