अमेरिकामा सदनमा माक्स नलगाउने सांसदलाई बाहिर निकालिने
अमेरिकी प्रतिनिधि सभाले आफ्ना सबै सदस्य र कर्मचारीहरूलाई माक्स लगाउन आदेश दिएको छ ।
अमेरिकाको डेमोक्रेटिक पार्टीकी नेत्री नेन्सी पेलोसीले नयाँ नियमहरू तोड्नेलाई चेम्बरबाट हटाइने चेतावनी दिएकी छन् ।उनले यो फैसला सदनमा विना मास्क देखिने टेक्सस रिपब्लिकका लुई गोमर्ट बुधबार कोरोना पोजेटिभको सिकार भएपछि गरेकी हुन् । त्यो दिन उनी राष्ट्रपति डोनाल्ड ट्रम्पसंग ट्राभल पनि गर्ने योजनामा थिए ।
पेलोसीले बुधबार साँझ भनिन्, सदस्यहरूले चेम्बरमा बोल्दा मात्र मास्क हटाउन अनुमति दिइनेछ । सबै सदस्य र कर्मचारीले नियमको पालना गर्ने आसा रहेको जनाइएको छ। अहिलेसम्म संसदका १० सदस्य, तीन डेमाक्रेटिक र सात रिपब्लिकनमा कोरोना पाएको बताइएको छ।