डडेल्धुरामा २ सय ६९ जनाले कोरोना जिते
(डडेल्धुरा) डडेल्धुरामा रहेका २ सय ७५ जना कोरोना संक्रमितमध्ये २६९ जना घर फर्किएका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका आइसोलेसन वार्डमा रहेका कोरोना संक्रिमितबाहेक अन्य सबैजनाले स्वास्थ्य लाभ गरेका हुन्।
मंगलबारसम्म जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराको तथ्यांकअनुसार आइसोलेसन वार्डमा रहेका ६ जनाबाहेका अन्य कोरोना संक्रमित घर फर्किएका छन् । कोरोना पोजिटिभ देखिएका जिल्लाका सबैजना समान्य रहेको र धमाधम घर फर्किरहेका जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड १९ फोकल व्यक्ति हरि भट्टले बताए । पोजिटिभ देखिएका अन्य ६ जना पनि समान्य अवस्थामा रहेकाले चाँडै घरफर्किने भट्टले बताए ।
अजयमेरु, आलिताल र नवदुर्गा गाउँपालिकाको आइसोलेसनमा दुई- दुईजना रहेका छन् भने गाउँपालिकालगायत अन्य स्थानमा रहेका कोरोना संक्रमित भने घर फर्किएका छन् । जिल्लाका सातवटा स्थानीय तहका ७ हजार ८ सय १३ जनाको आरडीटी जाँच भएको जसमा ५३२ जनाको रियाक्टिभ(पोजिटिभ) आएको थियो भने २६ सय ९५ जनाको स्वाब संकलन गरी आरडीटी पीसीआर जाँच गर्दा २ सय ७५ जनामा कोरोना पुष्टि भएको थियो ।