मोटरसाइकल चोरी गर्ने र सवारी साधनका नक्कली कागजात बनाउने समूह पक्राउ
(दाङ) मोटरसाइकल चोरीको आरोपमा दाङमा १४ जना प्रक्राउ परेका छन् । विभिन्न स्थान र मितिमा मोटरसाईकल चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरी आज आईतबार जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा घोराही उपमहानगगरपालिका वडा नम्वर १४ का २३ बर्षिय समिर सुनार, २१ बर्षिय सुवास सार्की, वडा नम्वर १६ बस्ने २१ बर्षिय सागर हमाल, वडा नम्वर १४ का ३५ बर्षिय केन्द्रबहादुर डाँगी, लमही नगरपालिका वडा नम्वर ७ का २५ बर्षिय प्रकाश चौधरी, राजपुर गाँउपालिका वडा नम्वर २ बेलाका २२ बर्षिय आयोज चौधरी रहेका छन् ।
त्यस्तै, राजपुर गाँउपालिका वडा नम्वर २ का २२ बर्षिय प्रियतम चौधरी, लमही नगरपालिका वडा नम्वर ७ का २५ बर्षिय पाल्टुराम चौधरी, राजपुर २ का २७ बर्षिय रविप्रताप यादव, सोही ठाँउका २७ बर्षिय राजकुमार यादव, घोराही १७ का २३ बर्षिय निरज योगी, घोराही १३ का १८ बर्षिय सञ्जय परियार, लमही ७ का २४ बर्षिय धनिराम चौधरी र लमही ७ का २७ बर्षिय हेमन्त गिरीलाई पनि जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको हो ।