अमेरिकाको क्यालिफोर्नियामा पुनः लकडाउन लागू
अमेरिकाको सबैभन्दा ठूलो जनसंख्या भएको क्यालिफोर्नियामा कोरोना संक्रमण रोक्न फेरि लकडाउन लागू गरिएको छ । यो कदम संक्रमण तीव्र गतिमा फैलिएको कारण लिइएको जनाइएको छ ।
प्रान्तीय गभर्नर गेविन न्यूजमले तुरुन्तै सबै रेस्टुरेन्टहरूमा भित्री गतिविधिहरूमा प्रतिबन्ध लगाएको बताएका छन् । यस बाहेक, यो प्रतिबन्ध बार, मनोरञ्जन स्थल, चिडियाखाना र संग्रहालयहरूमा पनि लागू गरिएको छ । क्यालिफोर्नियाको दक्षिण पश्चिमी प्रान्तको सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा जिम र सलुन आदि पनि बन्द हुनेछन् । क्यालिफोर्नियामा संक्रमणको तीन लाख ३० हजार भन्दा बढी घटनाहरू छन् र अहिलेसम्म सात हजार भन्दा बढी मानिसको मृत्यु भएको छ ।
पछिल्ला दुई हप्तामा, कोरोना पोजिटिभ आउने व्यक्तिको संख्या २० प्रतिशत बढेको छ । चार करोड जनसंख्या भएको त्यस प्रान्तमा फेरि लकडाउन लागू गर्ने निर्णय भएको हो ।