कोरोना तीब्र गतिमा फैलिएपछि भारतको बैंगलोरमा लकडाउन लगाइयो
भारतको बैंगलोरमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा वृद्धि भएपछि राज्य सरकारले एक हप्ता लामो लकडाउन लागू गर्ने निर्णय गरेको छ ।
सरकारको यस निर्णयले त्यहाँका अर्थव्यवस्थालाई राहत दिने प्रयास प्रभावित हुने जनाइएको छ । यस लकडाउनका कारण तीर्थस्थलहरू, सार्वजनिक यातायात सुविधाहरू, सरकारी कार्यालयहरू र अधिकांश पसलहरू बन्द रहनेछन् । लकडाउनको समयमा मानिसहरूलाई घरमा बस्न आग्रह गरिएको छ र अति आवश्यक परेको खण्डमा मात्र बाहिर जान अनुमति दिइनेछ । स्थानीय प्रशासकका अनुसार स्कूल, कलेज र रेष्टुरेन्टहरू बन्द रहनेछन् ।
जुनको मध्यसम्म एक हजार मात्र कोरोना संक्रमण रहेको बैंगलोरमा सोमबारसम्ममा २० हजार संक्रमित पुगेका छन् ।
भारतमा कोरोना भाइरस संक्रमित व्यक्तिहरूको संख्या हालसम्ममा ९ लाख ६ हजार ७ सय ५२ पुगेको छ । त्यस्तै कोरोनाबाट ज्यान जानेको संख्या २८ हजार ४ सय ९८ पुगेको छ ।