सप्तरीमा दुई समूहबीच झडप हुँदा १५ घाइते, ८ राउण्ड अश्रुग्यास प्रहार
सप्तरीमा दुई समूहबीच झडप हुँदा प्रहरीले ८ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ।
बुधबार बिहान छिन्नमस्ता गाउँपालिका-७ मा जग्गाको विषयमा दुई समूहबीच झडप भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले जानकारी दिए।
झडप हुँदा १५ जना घाइते समेत भएका छन् भने उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल राजविराजमा पठाइएको छ।उनका अनुसार प्रहरीले झडपलाई नियन्त्रणमा लिन ८ राउण्ड अश्रु ग्यास समेत प्रहार गरेको छ।
'तनावलाई नियन्त्रणमा लिन हामीले ८ राउण्ड अश्रु ग्यास प्रहार गरेका थियौं,'उनले भने।
अहिले स्थिति नियन्त्रणमा आइसकेको उनले जानकारी दिए।