नक्कली इन्स्पेक्टरको कर्तुत खोज्दै प्रहरी
(बैतडी) सिचाइ डिभिजन कार्यालय पाटन बैतडीका प्रमुख शुरेशराज भट्ट २ लाख घुससहित पक्राउ परेका छन् ।
घुस लिएको भन्ने गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले भट्टलाई २ लाख घुसहित पक्राउ गरेको हो । प्रहरीले खानतलासी गर्दा उनले लिएको घुस कार्यलयमै लुकाएर राखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
भट्टले चमेलिया नदी नियन्त्रण तथा तटबन्ध आयोजना उपभोक्ता समितिबाट घुस लिएको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक रबिन्द्र श्रेस्टको कमाण्डमा खटिएको टोलीले भट्टलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी डिल्लीनारायाण पाण्डेयले जानकारी दिनुभयो।
पक्राउ परेका भट्टको सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी पाण्डेयको भनाइ छ ।