दुई नेपाली महिला नक्कली कागजात बनाएर म्यानमार जान लागेका पक्राउ
(काठमाडौं) नक्कली पासपोर्ट र कागजात बनाएर भारत हुँदै म्यानमार जान खोज्ने दुई जना नेपाली महिला पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा ३६ वर्षीया कविता घिसिङ र ३१ वर्षीया एस. सरस्वती रहेको भारतीय मिडिया द हिन्दूको अनलाइन संस्करणले लेखेको छ । समाचारमा उनीहरुको नेपालको ठेगाना भने खुलाइएको छैन । उनीहरुलाई आइतबार साँझ म्यानमारका अध्यागमन अधिकारीहरुले अन्तर्राष्ट्रिय गेटमा खटिएका भारतीय अधिकारीहरुलाई नक्कली कागजातसहित जिम्मा लगाइदिएका थिए ।
उनीहरुविरुद्ध मणिपुरको सीमावर्ती शहर मोरेह प्रहरी स्टेशनमा घटनाबारे उजुरी दर्ता गरेर थप अनुसन्धान भइरहेको समाचारमा उल्लेख छ ।