संयुक्त राष्ट्रसंघको जागिर खान कृषि सचिवले पद त्यागे
(काठमाडौं) संयुक्त राष्ट्रसंघको खाद्य एवं कृषि संगठन (एफएओ) मा जागिर खान कृषि सचिव डा. युवकध्वज जिसीले राजीनामा बुझाएका छन् । मन्त्रिपरिषद्मा पेश भएको उनको राजीनामा स्वीकृत भने भएको छैन ।
राजीनामाबारे सचिव जिसीले राजीनामा स्वीकृत भइनसकेको बताए । ‘म काठमाडौं बाहिर छु, अहिले र्फकदैं छु, राजीनामा प्रक्रियामा छ,’ उनले भने ।
कृषि सचिवको रुपमा जिसीले मन्त्रालय सम्हालेको गत हप्ता तीन वर्ष पूरा भएको छ । ०७३ माघ ६ को मन्त्रिपरिषद निर्णयबाट उनी सचिवमा बढुवा भएका थिए । सचिवको रुपमा जिसीको सेवाअवधि सकिन अझै दुई वर्ष बाँकी छ ।