प्रधानमन्त्रीले बालुवाटारमा सञ्चारमन्त्रीलाई बोलाए
(काठमाडौँ) स्वीस कम्पनीका स्थानीय एजेन्ट कमिसन माग्दै गरेको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बालुवाटार बोलाउनु भएकाे छ ।
सेक्युरिटी प्रिन्टटर खरिदको विषयमा कमिसन मागेको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बोलाउनुभएकाे हाे ।
अडियो प्रकरणबारे बिहीबार बिहान नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपीशर्मा ओलीबीच छलफल गर्नुभएकाे थियाे ।
छलफल सक्किएलगत्तै प्रधानमन्त्री ओलीले मन्त्री बाँस्कोटालाई झिकाएका हुन् । तर मन्त्री बाँस्कोटा केहीदिनदेखी कञ्चनपुरमा हुनुहुन्छ । उनी आजै काठमाडौँ फर्किँदै छन्, फर्किए लगत्तै मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीलाई भेट्ने स्रोतले जनाएको छ ।
बाँस्कोटाले स्वीस कम्पनीका स्थानीय एजेन्ट विजयप्रकाश मिश्रसँगको कमिसन माग्दै गरेको अडियो सार्वजनिक भएको थियो ।