प्रधानमन्त्री ओली : मुलुकमा भइरहेको तीब्र विकास रोक्न सरकार ढाल्ने खेल सुरु
(दमक, झापा) प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा भइरहेको तीब्र विकास रोक्न सरकार ढाल्ने खेल सुरु भएको बताउनु भएको छ । एकल बहुमतप्राप्त सरकारलाई ढाल्ने षड्यन्त्रमा बिभिन्न शक्तिकेन्द्रहरु लागिपरको पनि उहाँको दावी छ ।
सरकारको दुई वर्ष पूरा भएको अवसरमा प्रतिनिधिसभालाई सम्बोधन गरेको भोलिपल्ट आइतबार गृह जिल्ला झापा पुग्नु भएको प्रधानमन्त्री ओलीको यस्तो खुलासा गर्नु भएको हो ।
दुई बर्ष पूरा गरेपछि अविश्वासको प्रस्ताव संसदमा पेश गर्न सकिने व्यवस्था संविधानमा नै उल्लेख छ ।
आइतबार झापाको आफ्नो चुनावी क्षेत्र दमकमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको विकासको रफ्तारलाई रोक्न सरकार ढाल्ने षडयन्त्र जारी रहेको बताउनु भएको हो । उहाँले जतिसुकै प्रपञ्च र षडयन्त्र रचिए पनि देश विकासको गति भने नरोकिने प्रष्ट पार्नु भयो ।
संघर्षको आफ्ना पुराना दिनहरुको स्मरण गर्दै प्रधानमन्त्री ओलीले ज्यानको बाजी थापेर ५० बर्ष अघि यही झापा जिल्लाबाट निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध लडाइ सुरु गरेको बताउनुभयो । पञ्चायत र राजतन्त्रविरुद्ध लामो लडाई लडेको उल्लेख गर्दै उहाँले १४ बर्ष जेल जीवन पनि विताएकोले आफु षडयन्त्रसंग कहिल्यै नडराउने पनि बताउनुभयो ।
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि संघर्षका खुड्किला अझै बाँकी रहेको पनि प्रधानमन्त्री ओलीको भनाइ थियो ।