कलंकीको अन्डरपासमा बस र स्कुल भ्यान ठोक्कियो
(काठमाडौँ) आइतबार कलंकीको अन्डरपास सडकमा चक्रपथ चल्ने सार्वजनिक बस र स्कुलको भ्यान ठोक्किएको छ । भ्यान र बस ठोक्किँदा चारजना घाइते भएका छन् ।
घाइते हुनेहरुमा एकजना स्कुले विद्यार्थी र तीनजना सार्वजनिक बसमा सवार यात्रु रहेका महानगरीय प्रहरी वृत्त, कालीमाटीका प्रमुख डीएसपी रुगम कुँवरले जानकारी दिए । एउटै दिशा (बालाजु)बाट आएको ना५ख ११७२ नम्बरको बस र बा११च ४५३७ नम्बरको स्कुल भ्यान एकआपसमा ठोक्किएको डीएसपी कुँवरले बताए ।
बुढानिलकण्ठ यातायातको बसले चिन्ड्रेन मन्टेश्वरीको स्कुल भ्यानलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो ।
घाइतेहरुको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।