शिवरात्रीमा पशुपति क्षेत्रमा ५ हजार स्वयंसेवक
(काठमाडौं) फागुन ९ गते मनाइने शिवरात्रीमा पशुपतिनाथमा हुने भीडभाडलाई व्यवस्थित बनाउन ५ हजार जना स्वयंसेवक खटाइने कोषले जनाएको छ । जसमा नेपाल स्काउटका स्वयंसेवक पनि रहनेछन् ।
स्वयंसेवकहरु दर्शन लाइनको सहजीकरणका लागि बाहिरी क्षेत्रमा मात्र परिचालन गर्ने पुशपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।
शिवरात्रीमा पशुपति क्षेत्रमा गाँजा भाङ खान नपाइने व्यवस्था गरिएको उनले बताए । गाँजा चरेश खाएर शिवरात्री पर्व मनाइन्छ भन्ने सन्देशलाई गलत ठह¥याउने उनको भनाइ छ ।
शिवरात्रीमा पशुपति क्षेत्रको सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन हुनेछन् । सादा पोशाकमा पनि प्रहरी परिचालन गरी मेला क्षेत्रको अनुगमन गर्ने सदस्य सचिव ढकालले जानकारी दि ।