झापा हत्या प्रकरण : दुई युवक पक्राउ
भद्रपुर (झापा)- परालको कुन्युमा जलाएर हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–२ चारपानेका १८ वर्षीय लक्ष्मण यादव र २० वर्षीय करुण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।
पक्राउ परेका दुईजनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा शुक्रबार बिहान सार्वजनिक गरिएको छ। प्रहरीले उनीहरुको साथबाट घटनामा प्रयोगमा भएका चक्कु, लाइटर, मृतकको मोबाइल, टुक्रा पारिएको सिम कार्ड, रगत लागेको टिसर्ट बरामद गरेको छ। भारतीय नागरिकको संवेदनशील अङ्ग (अण्डकोषसहितको गुप्ताङ्ग) हत्या गरिएको अवस्थामा फेला परेको थियो। पक्राउ परेका दुवैजनालाई ती भारतीय नागरिकको हत्याको अरोपमा कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाइने प्रहरी उपरीक्षक कोइरालाले बताए।