रेशम चौधरीको रिहाइको लागि अनशन बसेका लक्ष्मण थारु अस्पताल भर्ना
(कैलाली) धनगढीमा आमरण अनशन बसेका थरुहटर थारुवान राष्ट्रिय मोर्चाका केन्ऽीय संयोजक लक्ष्मण थारु अस्पताल भर्ना भएका छन् ।
कैलाली निर्वाचन क्षेत्र नं. १ बाट निर्वावाचित रेशम चौधरीसहित ११ जना कैदीबन्दीहरुको रिहाइलगायतको माग राख्दै फागुन १ गतेदेखि अनशन बसेका थारुको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो ।
रिँगटा लागेपछि अस्पताल भर्ना गरिएको सेती प्रादेशिक अस्पतालमा वरिष्ठ फिजिसियन डाक्टर निराजनदत्त शर्माले जानकारी दिए । शर्माले अनसन बसेको दोस्रो दिन नै स्वास्थ्यमा समस्या आएको बताउँदै थारुलाई अस्पताल भर्ना हुन सुझाव दिएका थिए । तर, उनले मानेका थिएनन् ।
‘शुक्रबारको तुलनामा शनिबार उहाँको शरीरमा सुख्खापन देखिएको थियो । मुटुको धडकनमा पनि अलिकति चढाब आएको थियो,’ डाक्टर पौडेलले भने, ‘हाम्रो टोलीले उहाँलाई अस्पताल भर्नाको लागि सल्लाह दिएको थियो । तर उहाँले मान्नु भएन ।’
समस्या जटिल भएपछि अस्पतालकै एम्बुलेन्समा उनलाई अस्पतालसम्म ल्याइएको डा. शर्माले बताए । सुरुदेखि नै डाक्टर शर्मा नेतृत्वको विशेषज्ञ टोलीले उनको स्वास्थ्य परीक्षण गर्दै आइरहेको थियो ।
अहिले पनि थारु स्वस्थ्य नरहेको उनी बताउँछन् । ‘मुटु, आन्ऽा र नसा सम्बन्धी रिर्पाेट आउन बाँकी छ । तर, उहाँलाई अहिले नै अस्पतालबाट पठाउन भने मिल्दैन,’ उनले भने । थारुको पिसाबमा पनि समस्या देखिएको उनले बताए ।