एकजना बलात्कारको अरोपमा पक्राउ
(संखुवासभा) किशोरीलाई जबरजस्ती करणी गरी फरार एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका–३ का २४ वर्षीय राजु भन्ने धनबहादुर परियार रहेका छन्।
परियारमाथि गत पुस २२ मा संखुवासभाकी १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोप छ। परियारलाई तेह्रथुमको छथर गाँउपालिका–१ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए। पक्राउ परेका परियारलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।