सप्तरीमा आयोजित धार्मिक सम्मेलनमा सहभागी हुन आएका दुई जना भारतीयको मृत्यु
(सप्तरी) सप्तरीमा आयोजित इस्लामिक धार्मिक सम्मेलन ‘इज्तिमा’मा सहभागी हुन आएका दुई जना भारतीय नागरिकको मृत्यु भएको छ ।
शनिवारदेखि सुरु भएको सम्मेलनमा सहभागी हुन आएका विहार मोतिहारी ग्रामका ७४ वर्षीय हारुन रसिक र अर्को विरपुरका एक जना गरी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक तिलक भारतीले हृदयघातका कारण शनिवार दुवै जनाको मृत्यु भएको बताएका छन् । सोमवारसम्म चल्ने सम्मेलनमा नेपाल भारतका झण्डै ३ लाख मुस्लिम समूदायको सहभागीता रहेको छ ।
सोमवार पनि सहभागीहरु आउने क्रम जारी रहेको आयोजक समितिका अध्यक्ष मो.गफुरले जानकारी दिएका छन् ।