मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर डगौराको मृत्यु
(कञ्चनपुर) मोबाइल चार्ज गर्नेक्रममा करेन्ट लागेर कञ्चनपुरको बेदकोट नगरपालिका ६ मुसेपानीका ३५ वर्षीय घुम्मन डगौराको मृत्यु भएको छ।
गएराती घरमै मोवाईल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रविन्द्र पौडेलले बताए। मृतको शव परिक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ।