उपत्यकाका १८ पेट्रोल पम्प हटाउन प्रधानमन्त्री कार्यालयको पत्र
(काठमाडौं) काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा बाधा पुर्याउने १८ वटा पेट्रोल पम्प हटाइने भएको छ ।
मुख्य सवारी आवगमन हुने सडक किनारा तथा घना वस्तीमा रहेको पम्पहरु मापदण्ड विपरीत भएकाले हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ट्राफिक प्रहरी महाशाखा र आयल निगमलाई पत्राचार गरेको हो । तत्काल पम्पहरु हटाउन आवश्यक तयारी गर्न नेपाल आयल निगमलाई भनिएको छ भने सहजीकरण गर्न ट्राफिक प्रहरी महाशाखालाई कार्यालयले पत्राचार गरिएको छ ।
काठमाडौंका १२ र ललितपुरका ६ वटा पम्पहरु हट्नु पर्ने मन्त्रिपरिषद् कार्यालयले औंल्याएको छ । काठमाडौंको कंलकी, कोटेश्वर, महाराजगञ्ज, बौद्ध, बालाजु तथा ललितपुरको जाउलाखेल, चापागाउँ लगायतबाट पम्पहरु हट्नेछन् ।
काठमाडौंबाट हट्ने पेट्रोल पम्प सूची :
कनक पेट्रोल पम्प, कालीमाटी
कोत थुकु पेट्रोल पम्प,बालाजु
जयन्ती पेट्रोल पम्प,थापाथली
मायाराम भोलाराम पेट्रोल पम्प,थापाथली
बाबा पेट्रोल पम्प, कलंकी
श्यामा पेट्रोल पम्प, कलंकी
त्रिशुल पेट्रोल पम्प, कलंकी
भ्याली रिकेश पेट्रोल पम्प, कोटेश्वर
कामाख्या पेट्रोल पम्प, कोटेश्वर
जुबी पेट्रोल पम्प, बौद्ध
बराल पेट्रोल पम्प, बौद्ध
सीता पेट्रोल पम्प, महाराजगञ्ज