गौरिकाले रचिन् इतिहास
(काठमाडौं) गौरिका सिंहले दक्षिण एसियाली खेलकुद (साग) ऐतिहासिक तेस्रो स्वर्ण जितेकी छन् ।
१३औं सागको पौडी अन्तरगत आइतबार ४०० मिटर फ्री स्टाइलमा उनले स्वर्ण जितेकी हुन् । सातदोबाटोस्थित पौडी पोखरीमा उनले निर्धारित दुरी ४ मिनेट २५.२८ सेकेण्डमा पुरा गरिन् ।
आइतबार नै भएको ५० मिटर ब्याकस्ट्रोकमा भने उनी रजत पदकमा सिमित भइन् । यस्तै ४०० मिटर फ्री स्टाइलमा भने गौरिकासहितको टिमले काश्य पदक जितेको छ ।
गौरिका सागको एउटै संस्करणमा तीन स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन् । उनले पौडीको पहिलो दिन २०० मिटर फ्री स्टायल र दोस्रो दिन २००ब्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन् । १०० मिटर ब्याकस्ट्रोकमा रजत जितेकी छिन् ।
४०० मिटर फ्री स्टाइलमा भने गौरिकासहितको टिमले काश्य पदक जितेको छ । यससँगै १३औं सागमा उनको पदक तीन स्वर्ण, एक रजत र दुई काश्य भएको छ ।
गौरिकाको पदकसँगै १३औं सागमा आयोजक नेपालको स्वर्ण ४५ पुगेको छ । आइतबार नेपालका लागि गौरिका र जुडोकी देविका खड्काले स्वर्ण दिलाएकी हुन् ।
पहिलो दिन नेपालले सर्वाधिक १५ स्वर्ण जितेको थियो ।