अष्ट्रेलियामा नेपाली दम्पतीबीच कुटाकुट, श्रीमतीको हातबाट श्रीमानको ज्यान गयाे
(काठमाडाै) अष्ट्रेलियामा नपाली दम्पतीबीच झगडा र कुटाकुट हुँदा श्रीमानको मृत्यु भएको छ । सिड्नीको ब्राक्सेल सिटी ग्रान्भिलमा श्रीमान श्रीमातीको घर झगडाले उग्र रुप लिँदा श्रीमतीले प्रहार गरेको धारिलो हतियारले टाउकोमा लाग्दा बुटवल निवासी सन्तोष गौतमको ज्यान गएको हो।
शनिवार राति उनीहरुबिच झगडा भएको र घटनापछि तत्कालै प्रहरीलाई खवर गरिएपनि सन्तोषको अत्यधिक रक्तस्राब भएका कारण मृत्यु भएको थियो । सामान्य घाइते श्रीमती नुमा गौतमलाई प्रहरीको सुरक्षामा वेष्टमिड अस्पतालमा उपचार गरेपछि श्रीमान हत्या आरोपमा उनलाई ग्रानभिल पुलिस स्टेसन लगिएको छ ।
दम्पतीका छिमेकीले प्रहरीमा बताएअनुसार घटना हुनुभन्दा केहि समयअघि श्रीमान सन्तोष गौतम नजिकैको टायर पसलबाट घर फर्किँदै गरेका थिए । पछिल्लो केहि समयदेखि यी दम्पती अष्ट्रेलियाको भिसा प्रोसेसिङ लगायतका कुराले तनावमा रहेका थिए । दम्पतीको आठ वर्षीया छोरी रहेको र हाल उनी अष्ट्रेलियामा रहेका नेपालीहरुको संरक्षणमा रहेकाे ।सन्तोष पछिल्लो समय सिड्नीमा क्रिकेट खेलाडीका रुपमा समेत चर्चित थिए ।