बाल विवाह र दाइजोविरुद्ध अभियान चलाउने निर्णय
(वीरगञ्ज) पाँचबुँदे वीरगञ्ज घोषणापत्र जारी गर्दै वीरगञ्जमा आयोजित बालिका सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले बाल विवाह र दाइजो प्रथाविरुद्ध शून्य सहनशीलता अपनाउने लगायतका निर्णय गरेको छ ।
घोषणापत्रमा प्रदेश २ को अर्थ राज्यमन्त्री उषा यादव, प्रदेश सभा सदस्य, गाउँपालिका उपप्रमुख, वडा अध्यक्ष, विभिन्न संघ संस्थाका प्रतिनिधि, बालिकाका प्रतिनिधिलगायतले हस्ताक्षर गरेका छन् ।
घोषणापत्रमा बाल विवाह र दाइजो कुप्रथाविरुद्ध शून्य शहनशीलता अपनाउने, कहीँ कतै भएको पाइएमा त्यसविरुद्ध आवाज उठाउने, ती कुप्रथा विरुद्धका कानुन पालना गर्ने÷गराउने, पालिका स्तरीय कार्यविधि, योजना निर्माण तथा अभियान सञ्चालन गर्ने उल्लेख छ । साथै पालिका स्तरमा किशोरी समूह, बाल क्लब, सञ्जालहरुको मजबुतीकरण तथा क्षमता विकासमा जोड दिने, यी कु–प्रथालाई दुरुत्साहन गर्ने तत्वहरुको निराकरण गर्न आपसी समन्वय गर्ने विषय पनि घोषणापत्रमा समेटिएको छ ।

‘बिहे गर्न हतार नगरौं, छोरीको भविष्य बनाऔं’ भन्ने मूल नाराका साथ वीरगञ्जको त्रिजुद्ध माविमा आयोजित कार्यक्रममा पर्सा जिल्लाका विभिन्न पालिकाबाट बालिकाहरु आएका थिए । उनीहरुले जनप्रतिनिधिहरुले बालबालिकाका बारेमा ध्यान नदिएको, समाजमा विद्यमान कुप्रथा अन्त्यका लागि कदम प्रभावकारी नचालेको, बालबालिकाले चालेका कदममा समेत होष्टेमा हैसे नगरेको गुनासो गरेका थिए ।
जनप्रतिनिधिहरुले भाषणमा राम्रो कुरा गरेपनि व्यवहारमा त्यस्तो नदेखिएको जिल्ला बाल क्लब सञ्जाल पर्साकी अध्यक्ष सिमरन थापाले बताइन् । ‘जनप्रतिनिधिहरु भाषणमा चिल्ला कुरा गर्छन्, तर व्यवहारमा त्यस्तो देखिन्न,’ उनले भनिन्, ‘बालबालिकाका लागि केही गर्नुप¥यो भनेर जाँदा बजेट छैन भनेर पन्छिन्छन् ।’