पसल फोडेर प्याज चाेरी, पैसा भने छुँदा पनि छोएनन्
(एजेन्सी) पछिल्लो समय नेपाली बजारमा मात्रै नभएर भारत बंगलादेशमा पनि प्याजको मूल्य दिनदिनै आकाशिदै गएको छ । प्याजको मूल्य आकाशिएसँगे चोरले पसलबाट पैसा होइन प्याज चोर्न थालेका छन्।
भारतको पश्चिम बंगालस्थित पूर्वमिदनापुरमा एक सब्जी पसल फोडेर चोरले प्याज चाेरेकाे छ । अचम्मको कुरा के छ भने चोरहरूले पसलमा राखिएको पैसा भने छुँदा पनि छोएनन्, केवल प्याज, लसुन र अदुवा मात्रै लिएर भागे।