नेकपाका सुवेदी धरान ७ को वडाध्यक्षमा एक मतले विजयी
(सुनसरी) धरान उपहानगरपालिका वडा नम्बर ७ को उपचुनावमा नेकपाका जीवन सुवेदी एक मतको अन्तरमा बिजयी भएका छन् । नेकपा उम्मेदवार सुवेदीले ६२२ मत ल्याएर वडाध्यक्षमा जित्दा नेपाली कांग्रेसका सुवर्ण पालिखेले ६२१ मत प्राप्त गरेका छन् । यद्यपि निर्वाचन परिणामको औपचारिक घोषणा हुन बाँकी छ । नेपाली कांग्रेसले पुनः मत गणना गर्न माग गर्दै निवेदन दिएको छ ।