सडक दुर्घटनामा मृत्यु भएकाको सम्झनामा दिप प्रज्वलन
(काठमाडौं) सडक दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा काठमाडौंमा मैनवत्ती प्रज्वलन गरिएको छ ।
आइतबार साँझ माइतीघरमा भेला भएका सर्वसाधारणले सडक यातायात दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा विश्व सम्झना दिवसको अवसर पारेर दिप प्रज्वलन गरेका हुन् ।